किर्तिपुर नगरपालिका उपमेयरया कार दुर्घटनामा

551

किर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्काको कार काठमाडौंको बल्खु चोकमा दुर्घटना भएको छ ।
दुर्घटना शुक्रवार विहान करिब ९ः१५ बजे भएको हो ।

बल्खु चोकमा दक्षिणकाली–किर्तिपुर जाने चोकमा ना७ख ६६०७ नम्बरको तेल बोक्ने ट्यांकरले उपमेयर खड्काको कारलाई ठक्कर दिएको थियो । उक्त ट्यांकर तीव्र गतिमा भएकोले उपमेयर खड्काको कार ठक्कर दिएको स्थानीय बासिन्दाहरुको भनाई रहेको छ ।

उक्त दुर्घटनामा उपमेयर सरस्वती खड्का र कार चालकद्धय नवीन महर्जनलाई घाइटे नभएको स्थानीय बासिन्दाहरुले जानकारी दिएको छ । उपमेयर कार्यक्रममा सहभागी हुन किर्तिपुरबाट काठमाडौं गइरहेको स्थानीयहरुको भनाइ रहेको छ । प्रहरीले उपमेयर सरस्वती खड्काको कारलाई ठक्कर दएको ट्यांकर र चालकलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here