‘माछी बस्ने’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

124

काठमाडौं / मिडिया टप नेपालको प्रस्तुतिमा गायक गोपाल तिवारीको ‘माछि बस्ने’ बोलको दोहोरी गीतको म्युजिक भिडियोे सार्वजनिक गरिएको छ ।

रिपोर्टर्स क्लब नेपालमा मिडिया टप नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले उक्त गीतको म्युजिक भिडियो विमोचन गरेका हुन ।

सार्वजनिक गीतको लय/शब्द रचना माधव भण्डारीको रहेको छ । गीतमा गोपाल तिवारी र राधा तिवारीको आवाज छ । राजेश तिमिल्सीनाको निर्देशन तथा प्रकाश धमलाको सम्पादन रहेको म्युजिक भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ । रामजि खाँड र करिश्मा ढकालको नृत्य देख्न सकिन्छ । भिडियोका दृश्यहरु करन चौसिरले क्यामरामा कैद गरेका छन ।

कार्यक्रममा बोल्दै गायक तिवारीले आफुले बजारमा ल्याएको यो भाकाबाट निकै आशावादी रहेका बताएका थिए । करिव १० बर्ष पहिले ‘आए दिदि’ बोलको तीज भाकाबाट चर्चीत बनेका गायक तिवारीले दर्जनौं गीतहरुमा आवाज दिईसकेको जनाएका छन् ।

कार्यक्रममा गीतका रचनाकार माधव भण्डारीले अहिलेको परिवेश सुहाउँदो भाका रहेका कारण पनि यो गीत सबैको मनमा बस्न सफल हुने बिश्वास गरे ।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ, नवलपरासीकी अध्यक्ष तथा गीतकी गायिका राधा तिवारी, हिमालयन ईन्टरनेश्नलका अध्यक्ष सविन घिसिङ, नेपाली राष्ट्रिय बाजा सारङ्गीका वरिष्ठ सर्जक खड्क गन्धर्व लगायतले गीतको शुभमना तथा आफ्ना कुराहरु राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here