सरकारी चिकित्सकद्वारा मन्त्रालय घेराउ

131

काठमाडौं / सरकारी डाक्टरहरुले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा घेराउ गरेका छन् । कर्मचारी समायोजन अध्यादेश र संघीयता अनुसारका नयाँ संगठन संरचनाको विरोधमा सरकारी चिकित्सक संघ नेपाल (गोदान)को अगुवाईमा विहान १० बजे देखि ११ बजेसम्म घेराउ गरिएको थियो ।

‘यो सांकेतिक विरोधको कार्यक्रम हो । १ घण्टा धर्ना दिने हाम्रो योजना हो । त्यसपछि हामी उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसंग भेट गर्ने कार्यक्रम छ,’ डा पाण्डेले भने । कार्यक्रममा ७० भन्दा बढी चिकित्सक सहभागी थिए ।

बैठकले गरेको तीन बुँदे निर्णय :

१) यस संघले प्रस्तुत गरेका कर्मचारी समायोजन तथा स्वास्थ्यका सांगठनिक संरचनाहरू सम्बन्धि माग पुरा नभए सम्म कुनै पनि सरकारी चिकित्सकले सरकारले निर्देश गरेको समायोजन फारम नभर्ने र कर्मचारी समायोजनको प्रकियामा भाग नलिने निर्णय भएकोमा यसै विज्ञप्ति मार्फत देशभरीका सम्पुर्ण सरकारी चिकित्सकज्युहरुलाई हाललाई समायोजन फारम नभरिदिन आव्हान गरिन्छ।

२) स्वास्थ्यका सांगठनिक संरचनाहरूमा चिकित्सकलाई गरिएको घोर उपेक्षा तथा अबमुल्यनको विरोध स्वरूप सम्पूर्ण सरकारी चिकित्सकले संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यही आईतबार बिहान १०:०० बजे घेराउ तथा धर्ना कार्यक्रम डाकिएकोमा सम्पुर्ण चिकित्सकज्यु तथा सुभेक्षुकहरुलाई सकृय सहभागीको आगि आव्हान गर्ने।

३) यस संघका पटक पटकका जायज मागहरूलाई तार्किक निश्कर्षमा पुर्याउने हेतुले निम्न सदस्यिय ‘सरकारी चिकित्सक संघर्ष तथा वार्ता समिति’ गठन गरि अघि बढ्ने ।
क) डा.ढुंडी पौडेल
ख) डा. पियुष दाहाल
ग) डा. रुद्र मरासिनी
घ) डा. निरज अर्याल

एकातिर स्वास्थ्यलाई विशेष अनि संबेदनसिल क्षेत्र भनिरहने तर व्यवहारमा स्वास्थ्यकर्मीलाई पटक पटक विभेदकारी तथा मनोबल गिराउने कार्य भैरहेको अवस्थामा भद्र तरिकाले शान्तिपुर्ण ध्यानाकर्षण गराईरहदा समेत सरकारले वार्ता र सहमतीको लागि कुनै कदम नचालेको अवस्था आईरहे आकश्मिक बाहेकका अन्य स्वास्थ्य सेवा छोडेर अझ कडा आन्दोलनमा होमिन बाध्य हुने र सो को जिम्मेवार सरकार स्वयम् हुने समेत यसै ज्ञापन पत्र मार्फत सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here