काठमाडौं / नेपाल वायुसेवा निगमले महाप्रवन्धक सुगतरत्न कंसाकार माथि गरेको अभद्र व्यवहार गरेको प्रति आपत्ति जनाएको छ ।
निगमले आज आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गत शुक्रबार नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार माथि बाहिरिया व्यक्ति कार्यकक्षमा प्रवेश गरी अभद्र व्यवहार गरेकोमा त्यस्तो गलत क्रियाकलापको भत्र्सना गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
विज्ञप्तिमा चित्त नबुझेको कुरामा सभ्य तरिकाले विरोध दर्शाउने विकल्प हुँदाहुँदै आक्रामक शैलीमा दुव्र्यवहार गर्नु मानवीयता होइन भनेर उल्लेख गरिएको छ ।


















