काठमाडौं / भारतले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको महारथीको उपाधि प्रदान गर्ने भएको छ ।
उपाधिका लागि थापा पुस २७ गते भारत भ्रमणमा जाने भएका छन्। भारतीय स्थल सेनाका सेनाअध्यक्ष विपिन रावतको निम्तोमा प्रधानसेनापति थापा भारत जान लागेका हुन्।प्रधानसेनापति थापाको भारत भ्रमण पाँच दिनको रहनेछ ।
भारतीय राष्ट्रपति रामनाथ कोविन्दले पुस २८ गते थापालाई भारतीय सेनाको महारथीको उपाधि प्रदान गर्नेछन्।
प्रधानसेनापति थापाले भारतीय रक्षा मन्त्री निर्मला सीतारमण र प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलसँग पनि भेट गर्ने नेपाली सेनाले जनाएको छ।
भारत भ्रमणका क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका दुई पृतनाको अवलोकन गर्ने कार्यक्रम पनि छ।


















