काठमाडौं / वाइडबडी जहाज खरिदमा भएको अनियमिततामा संसद्को सार्वजनिक लेखा समितिले आफ्नो प्रतिवेदन सच्याएको छ । यसअघि समितिले कारवाहीका लागि सिफारिस गरेको गृहसचिव प्रेम राईलाई उन्मुक्ति दिएको छ। बैठकले आफ्नो प्रतिवेदन सच्याउदै राईको कुनै बदनियत नदेखिएको भन्दै उनी निर्दोष रहको निश्कर्ष निकालेको हो ।
लेखा समितिले मोसो दलिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारलाई निलम्बन गर्न निर्देशन गरिएको छ । बैठकले निगमका महाप्रबन्धक कंसाकारलाई जहाज खरिद प्रकरणमा मुख्य दोषी भएकाले निलम्बन गरी कारबाहीको लागि सिफारिस गरेको हो ।
त्यसैगरी पर्यटन मन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई पनि कानुनसम्मत कारबाही गर्न निर्देशन गरिएको छ।


















