लिग च्याम्पियन मनाङ : अन्तिम खेलमा हार्‍यो

100

काठमाडौं/पल्सर शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले अन्तिम खेलमा शोचे अनुरुप खेल्न नसक्दा हार बेर्होन बाध्य भएको छ । दुई खेल अघि नै लिगको उपाधि हात पार्ने सफल भएको मनाङ मंगलबार फ्रेण्ड्स क्लबसँग १–० गोल अन्तरले पराजित हुनु प¥र्यो । हारपछि मनाङले लिगको सबै खेल जित्ने अवसर गुमाएको छ ।

सम्बन्धित छवि

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएको छ । तर, इन्जुरी टाइममा फ्रेण्ड्स क्लबले गोल गर्‍यो । इन्जुरी टाइमको अन्त्यतिर विकास लामाले हेड गोल गर्दै फ्रेण्ड्सलाई अप्रत्यासित जित दिलाए । जितसँगै फ्रेण्ड्सले १२ अंकका साथ ११ औं स्थानमा लिग टुंग्यायो भने लिग च्याम्पियन मनाङ ३६ अंकमा रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here