काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल सच्याउन नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आग्रह गरेका छन् ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बहुमतले पारित गरेको विधेयकलाई संसदबाट सच्याउन प्रधानमन्त्री ओलीलाई आग्रह गर्दै सत्तारुढ नेकपाले संसदमा भएको शक्तिको दुरुपयोग गरेर नागरिकको ठूलो संघर्षपछि वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमति विपरीत सो विधेयक संसदीय समितिको बहुमतको बलमा जबरजस्ती पारित गर्नु दुर्भाग्यपूर्ण रहेको जनाए ।
बुधबार बिहान संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले सो विधेयक बहुमतले पारित गरेको थियो । सो विधेयकमा नेता थापासहितका कांग्रेसका ४ जना सांसदहरुले असहमति जनाएका थिए ।
थापाले सत्तारुढ दलका केही व्यापारिक मानिसहरुको स्वार्थमा परेर सरकारले सो विधेयक समितिको बहुमतले पारित गराएको आरोप लगाए ।


















