भक्तपुर / लक्षण शिवाकोटीको न्यायको लागि इलाका प्रहरी कार्यालय अगाडी २०७४ सालको कार्तिक १० गते शुक्रबारको दिन आन्दोलन भइरहेको देखेर मणि नेपाली पनि त्यतै तिर लागे।
साथीको लहैलहैमा लागेर उनी आन्दोलनकर्तासँग मिसिएर आन्दोलनमा सामेल मणि नेपालीले पनि एक दुई ढुंगा टिपेर प्रहरीलाई ताकेर हानी हाले। प्रतिकारमा प्रहरीले पनि गोली हान्यो। गोलीले उनको करङ छेडेर पेटमा पुग्यो ।
गोलि लगेपछि बन्दकर्ताले उनलाई घिसार्दै सुरक्षित स्थानतिर लैजाँदै गर्दा प्रहरीले तानेर लछारपछार गर्दै मुखमा बुटले कुल्चेको उनले जनाए । उनी गोलि लागिसकेपछि पनि होसमा नै थिए। उनलाई घिसार्दै लागे पछि प्रहरीले उनलाई बाटोमा समेत कुटेको उनको भनाई रहेको छ।
आफु जिउदै छु भन्दै भन्दै पनि प्रहरीले आफुलाई अर्को शव सँगै पोष्टमार्टम गर्न लागेको उनको दावी छ। उनले म मरेको छैन जिउदै छु भन्दा भन्दै पनि प्रहरीले केहि वास्ता नगरेको उनको गुनासो छ। उनलाई पोस्टमार्टम गर्न लैजाँदै गर्दा आफुसँगै लगेको अर्को शवले थिच्दा उनले मलाई गार्हो भयो शव निकल्दिनु भन्दा समेत प्रहरीले वास्ता नगरेको तर पोस्टमार्टम गर्नै लाग्दा डाक्टरले जिउदै भएकोले नाम थर सोध्यो। कुराकानी कै क्रममा उनले डाक्टरलाई आफ्नो घरमा फोन गर्दिन आग्रह गरे । डाक्टरले उनको खल्तीमा भएको फोन दिए। प्रहरीले फोन पनि जफत गरेर घरमा खबर नगरिदिएको उनको भनाई छ।
उनलाई आइसीयुमा अप्रेसनको लागि राखियो। अप्रेसन गर्ने भनेपछि भने उनी बेहोस भए। त्यसपछि उनी एकै चोटी २४ घण्टा पछि होसमा आए। उनको पेटमा अप्रेसन गरेर तिघ्राको मासु हालिएको छ। अब छिट्टै तिघ्राको मासु निकाल्न जानु पर्ने उनको भनाई छ। गोलि लागेको घटना देखि अहिले सम्म पनि उनको एउटा हात चल्दैन । अरु सामान्य व्यक्ति जस्तै उनी हिडडुल गर्न भने मज्जाले सक्छन्।
हेर्नुहोस् भिडियो:


















