सन्दीप विकेट लिन असफल

119

सिलेट सिक्सर्सबाट खेलका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा विकेट लिन असफल भएका छन् । बुधबार भएको खेलमा सन्दीपले चिटगाउँ भिकिंग्स विरुद्ध खेलेका सन्दीपले विकेट लिन सकेन । उनले चार ओभर बलिङ गर्दै बिना विकेट २१ रन खर्चिए । अन्तिम ओभरमा ९ रन खर्चेका थिए । उनले यो ओभरमा एक चौका खान पुगे । त्यस्तै, आफ्नो व्यक्तिगत पहिलो ओभरमा मात्र चार रन खर्चेका सन्दीपले दोस्रो ओभरमा भने तीन रन दिएका थिए । त्यस्तै तेस्रो ओभरमा भने उनले पाँच रन खर्चिए ।

यसअघि आइतबार सिलेट सिक्सर्सबाट बीपीएल खेलेका सन्दीपले आफ्नो डेब्यु खेलमै दुई विकेट लिन सफल भएका थिए । उनले कोमिला भिक्टोरियन्सविरुद्ध दुई विकेट लिएका थिए । सन्दीपले पूरै चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेका थिए । बिग ब्यास खेल्दै गरेका सन्दीप बीचैमा अष्ट्रेलियाबाट बंगलादेश गएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here