अचानक रसियाली नदी रातो बग्न थाल्यो…

370

रसियाको औद्योगिक क्षेत्र नजिकै रहेको एक नदी एकाएक रगतजस्तो रातो बग्न थालेको छ । तर यो कुनै श्राप वा अपशकुनको लक्षण होइन । यसको कारण कारखानाबाट निस्कने विभिन्न रसायन हुनसक्ने जनाइएको छ ।

नदी रगतजस्तो रातो भएपछि रसियाको नोरिल्स्कका स्थानीयले बुधबार यसका विभिन्न तस्बिरहरू इन्स्टाग्राममा राखेका थिए । इबेरियन टाइम्सको रिपोर्टअनुसार नदीको रङमा परिवर्तन भएको यो पहिलो पटक होइन, यसभन्दा पहिले धेरै पटक रगत पूरै रातो रङमा बगेको थियो । नजिकै रहेको निकेल फ्याक्ट्रीबाट निस्किएको प्रदूषणले नदीको रङ परिवर्तन भएको विश्वास गरिन्छ ।

नोरिल्स्क निकेल नामक उक्त फ्याक्ट्रीले भने नदीको रङमा परिवर्तन हुनुमा उनीहरूको केही पनि दोष नरहेको जनाएका छन् । यद्यपि रसियाली सरकारले उक्त फ्याक्ट्रीको पाइपलाइनबाट प्रदूषण लिक हुादा यस्तो भएको जनाएको छ भने चााडोभन्दा चााडो अनुसन्धान गरी ठोस निर्णयमा पुग्न आदेश दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here