नेपाल आएका पाकिस्तानी लेफ्टिनेन्ट कर्णेललाई विमानस्थलबाटै अपहरण गरेको आशंका, प्रचण्ड र ओलीसंग निरन्तर सम्पर्क !

221

काठमाडौं / २०७४ साल बैशाखमा लुम्बिनीबाट बेपत्ता भएका पाकिस्तानी सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जाहिर कहाँ छन् भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन ।

भारतीय गुप्तचर संस्था ‘रअ’ को योजनामा बेपत्ता पारिएका भनिएका कर्णेल हबिब जागिरको लोभमा नेपाल प्रवेश गरेका थिए । त्यति बेला हबिबलाई मार्क थमसन नामका व्यक्तिले बेलायतको फोन नम्बर ००४४७४५१२०३७२२ बाट फोन गरी अन्तर्वार्ताका लागि नेपाल बोलाएको खुलेको थियो ।

पाकिस्तानले उक्त नम्बरको बारेमा अनुसन्धान गर्न पाकिस्तानी दूताबासले नेपाल प्रहरीलाई आग्रह गरेपछि प्रहरीको विशेष ब्यूरोले सो बारेमा अनुसन्धान समेत गरेको थियो । तर, अहिलेसम्म पनि हबिबको अवस्थाको बारेमा केही पत्ता लागेको छैन।

पाकिस्तानले सुरुदेखि नै ‘रअ’ले जागिरको लोभमा पूर्व कर्णेललाई फसाएर अपहरण गरेको आरोप लगाउँदै आएपनि नेपालले भने यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

यद्यपी नेपाल प्रहरीले भने हबिबको खोजी भइरहेको बताउँदै आएको छ । स्रोतका अनुसार पाकिस्तानी राजदूतले कर्णेल हबिबको बारेमा बुझिदिन नकेपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि प्रधानमन्त्री कार्यालयसम्म निरन्तर सम्पर्क गरिरहेका छन् ।

पाकिस्तानले अवकाश प्राप्त कर्णेललाई नेपालको विमानस्थलमा एक भारतीय नागरिकले रिसिभ गरेको फुटेज प्राप्त गरेको जानकारी नेपाल प्रहरीलाई दिए पनि त्यसको पुष्टि भने हुन नसकेको प्रहरी स्रोतले जनायो । ।यूनाइटेड पोस्ट साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here