महेन्द्रनगरमा लिज प्रकरणबारे दोश्रो चरणको आन्दोलनको तयारी

152

महेन्द्रनगर / संयुक्त युवा तथा विद्यार्थी संगठनले नगरविकास समितिले अवैध रुपमा वितरण गरेको घडेरी र त्यसमा बनेका अवैध संरचना भत्काउनु पर्ने माग राख्दै विभिन्न विरोधको कार्यक्रम आयोजना गरेको छ ।

नगरविकास समितिले विभिन्न समयमा आफूले पाएको पद र जिम्मेवारीको दुरुपयोग गरेर गरेका निर्णयहरुको खारेजीको माग गर्दै अवैध रुपमा वितरण गरेको घडेरी र त्यसमा बनेका अवैध संरचना भत्काउनु पर्ने माग राखेको छ ।

भुमाफियाहरुले घर निर्माण गरिरहेको साथै  अवैध ढङ्गले लालपूर्जा वितरण गरेको थियो ।    सिठि जुलुसमार्फत लिज प्रकरणको चौतर्फी बिरोध गर्दै सरकारलाई ध्यानाकर्षण गराएको थियो।

यसअघि संगठनद्वारा मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको थियो भने हिजो जिल्ला प्रशासन कार्यालय अगाडि एक घन्टा धर्ना बसेको थियो ।

भूमाफियाहरुले लिजको नाममा सरकारी जमिनमा कब्जा जमाएको भन्दै संगठनहरुले सरकारले लिजप्रकरणबारे ध्यान नदिएकोप्रति घोर आपत्ति जनाउदै यसमा संलग्न सबैलाई कारबाही गरि अवैध संरचना तत्काल भत्काउन समेत माग राखेका छन ।

नेकपा ( क्रान्तिकारी माओवादी ) को भातृ संगठन अनेरास्वबियु ( क्रान्तिकारी ) का केन्द्रिय सदस्य केशब साउदले सरोकारवाला निकाय चुप लागेर बसेको देख्दा कतै मिलेमतो त छैन भन्ने शंका समेत लागेको जनाएका छन् ।

येसै सन्दर्भमा उठान गरिएका विभिन्न भागहरुलाई सम्बोधन नगरिएसम्म निम्न बमोजिम विरोध कार्यक्रम आयोजना गरेको छ ।

विरोध कार्यक्रम :

पुस २८ गते भिमदत बजार बन्द

माघ २ गते यातायात बन्द

माघ ४ गते विधुत कार्यान्वयन ध्यानाकर्षण

माघ ६ गते भिमद्त नगरपालिका घेराउ 

माघ ८ गते महेन्द्र स्मारिक्मा खुल्ला  बहस

माघ १० गते राके जुलुस  


 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here