काठमाडौं – अवैध रुपमा आफ्नो घरमा सुरक्षाकर्मी राख्दै आएका कम्युनिस्ट नेताको सुविधा फिर्ता गरिएको छ ।
नेतालगायत उच्चपदस्थ व्यक्तिले अवैध रूपमा राख्दै आएका २३ सुरक्षाकर्मी फिर्ता गरिएका छन् । बुधबार मात्र पूर्वगृहमन्त्री जनार्दन शर्मा र कांग्रेस सांसद अमेरशकुमार सिंहले राखेका प्रहरी फिर्ता गरिएको छ ।
शर्माको सुरक्षामा खटिएका नौ तथा तथा सिंहको सुरक्षाको नाममा खटिएका कार्यालय सहयोगीसहित तीनजनालाई प्रहरी प्रधान कार्यालयले तानेको छ । त्यसअघि पूर्वमन्त्री टेकबहादुर गुरुङ, गोविन्दराज जोशी र रामकृष्ण यादवले पिएसओका रूपमा दुरुपयोग गर्दै आएका प्रहरी फिर्ता गरिएको थियो ।
पूर्वसभामुख ओनसरी घर्तीले प्रयोग गर्दै आएको स्कर्टिङ पनि फिर्ता गरिएको छ । नयाँ पत्रिका


















