काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तेस्रो वार्षिक साधारण सभा मंसिर २९ गते हुने भएको छ। बैंक सञ्चालक समितिको कात्तिक ३० गते सम्पन्न साधारण सभाको मिति तय गरेको हो।
भर्चुअल माध्यमबाट हुने सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नेछ। साथै सभाले बैंकले प्रस्ताव गरेको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांशसमेत पारित गर्नेछ।
साथै सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई सञ्चालकसमेत चयन गर्नेछ। साधारण सभा प्रयोजनका लागि बैंकको मंसिर ९ गते एक दिन बुक क्लोज हुने भएको छ।















