डा. गाेविन्द केसीकाे समर्थनमा सडक तताउने प्रयास सुरु

197

काठमाडौं / १६ औं सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीको समर्थनमा जनता सडकमा उत्रिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले गरेको प्रतिवद्धता पूरा नगरेको भन्दै सरकारविरुद्ध आन्दोलन चर्काएका समर्थकले शनिबार माइतीघरस्थित मण्डलामा प्रदर्शन गरेका छन् ।

डा.केसीका समर्थकहरूले माफियाका ताती, सरकारका साथी, मेडिकल शिक्षामा भएको लुटतन्त्र बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

केसीले इलाम नगरपालिकाको फुलगाछिमा रहेको उनका एक समर्थकको घरमा सत्याग्रह जारी राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here