आज बिहानै यात्रुवहाक बस दुर्घटना, ३१ जना घाइते

237

काठमाडौं/ आइतबार बिहान धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै दुर्घटना भएको छ । गाडीमा ४१ जना सवार रहेकामा ३१ जना घाइते भएका छन्।

काठमाडौंदेखी बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस दुर्घटना भएको हो । तिब्र गतिमा गुडिरहेको बा २ख ४६८३ नम्बरको बस सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।

घाइतेहरुको स्थानियबासी र प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here