भ्रष्टचारको छानबिन समिति बन्छ : सदस्यसचिव विष्ट

223

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले एन्फामा भएको भ्रष्टाचारको विषयमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिने जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एन्फा चुनावमा अनियमितता र आरोपको बारे गम्भिर ध्यानाकर्षण दिएका छौं भन्दै छानविन समिति गठन गर्न लागेको सदस्यसचिव विष्टले जानकारी दिए ।

एन्फाका पूर्वबरिष्ठ उपाध्यक्ष मणि कुवँरले केही महिनाअघि पत्रकार सम्मेलन गरी १४ बुद्धे प्रेस विज्ञप्ति जारी गर्दै एन्फाको निर्वाचनमा ब्यापक भ्रष्टाचार भएको आरोप लगाएका थिए । एन्फामा भ्रष्टाचार भएको विषयलाई लिएर राखेपले एन्फालाई स्पष्टीकरण सोधेको तर त्यसको जवाफ नआएको पनि सदस्यसचिव विष्टले भने । उनले भने, मणि कुवँरले एन्फा निर्वाचनमा १४ बुद्धे भ्रष्टाचारको आरोप लगाएपछि हामीले यसको सत्य तथ्य के हो रु भनी स्पष्टीकरण सोधेका थियौं । तर अहिलेसम्म आएको छैन ।’

त्यसो त, एन्फा चुनावमा ब्यापक भ्रष्टाचार र अनियमिता भएको भन्दै चार जिल्ला फुटबल संघले दुई पटकसम्म पत्रकार सम्मेलन नै गरे । अडियो टेपसहित ललितपुर, भक्तपुर, काठमाडौं र धादिङ जिल्ला फुटबल संघले एन्फा निर्वाचनमा चलखेल भएको आरोप लगाएका थिए । ‘हामीले स्पष्टिकरण सोधि सकेका छौं । त्यसको चित्त बुझ्दो जवाफ आएन भने हामी छानविन समिति बनाउँछौं । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मासँग छलफल गरेर छानविन समिति बनाउँछौ’, सदस्यसचिव विष्ट भन्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुदको विषयमा भइरहेको गतिविधिको विषयमा बुझ्न युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका सदस्यसचिव केशवकुमार विष्ट, उपाध्यक्ष पिताम्बर तिम्सिना लगायतलाई बोलाएर बुझेका थिए । प्रधानमन्त्री केपी ओलीले पनि एन्फाको अनियमितता बारे बुझ्न राखेपलाई निर्देशन दिएका हुन् ।

त्यस्तै, राखेपका सदस्यसचिव विष्टले खेलाडीको जीवन विमा, स्पोर्टस् युनिभर्सिटी, प्रत्येक विद्यालयमा एक जना खेलकुद शिक्षक अनिवार्य ब्यवस्था, निजि क्षत्रेबाट खेलकुदमा लगानी गर्दा कर छुट, मुलपानी क्रिकेट मैदानको लागि थप बजेट विनियोन लगायतका कुराहरु प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here