काठमाडाैं । निषेधाज्ञाका कारण रोकिएका हाँस्यश्रृंखलाहरु धमाधम सुरु हुन थालेका छन् । ‘सक्किगो नी’, ‘जुठे’लगायतका केही श्रृंखला केही साता अगाडिबाट सुरु भइसकेका छन् भने केही सुरु हुने क्रममा रहेका छन् ।
यस्तैमा फिल्म अभिनेत्री रजनी केसीको समेत मुख्य भूमिका रहँदै आएको श्रृंखला ‘डन्ट माइन्ड’ पनि सुरु हुने भएको छ । ‘डन्ट माइन्ड’ आज बुधबारबाट फेरि नियमित प्रसारणमा फर्किन लागेको अभिनेत्री रजनी केसीले जनाएकी छन् ।
रवि शर्मा, कमल मैनाली, निर्मल शर्मा, रजनी केसी, सुनिता श्रेष्ठ, स्मारिका खनाल, रामेश्वर केसी, घनश्याम गौतम, सुरेश तिलिल्सिना, विश्वमणी घिमिरे, चीजकुमार श्रेष्ठ, सुमन गिरी र लक्ष्मणसिंह बस्नेतलगाय कलाकारको मुख्य अभिनय रहने श्रृंखला म्युजिक नेपालको प्रस्तुति निर्माण भएको हो । श्रृंखलामा ख्याति प्राप्त कलाकार समेत अतिथिको रुपमा देखिँदै आएका छन् । बिभिन्न राजनीतिक घटना र समसामयिक विषयवस्तुमा निर्माण हुने श्रृंखलाले व्यङ्ग्यात्मक विषयवस्तु प्रस्तुत गर्दै आएको छ ।


















