चीनमा होटलको भवन भत्किँदा १७ जनाको निधन

66

एजेन्सी । पूर्वी चीनको सुझोउ सहरमा एक होटल आंशिक रुपमा भत्किँदा १७ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ६ जनाको भने सकुशल उद्धार गरिएको छ । सोमबार स्थानीय समय अनुसार दिउँसो साढे तीन बजे सिजी काइयुआन होटल भत्किएको थियो । दुर्घटनास्थलमा ६ सयभन्दा धेरै उद्धारकर्ताहरु खटिएका थिए ।

चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले होटलका मालिकले भवनको संरचनामा परिवर्तन गरेकाले यो भवन भत्विएको हो । पछिल्लो केही वर्षयता यो भवन निरन्तर मर्मत गरिएको थियो । स्थानीयका अनुसार उक्त भवन तीन तलाको मात्र हुने गरी निर्माण गरिएको थियो । तर, पछिल्लो केही वर्षमा थप केही तलाहरु थपिएकाे हाे ।  जियाङ्सु प्रान्तको सरकारले अहिले यो घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । यो घटनामा दोषीमाथि कडा कारबाही हुने अधिकारीहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here