भारतीय सञ्चार माध्यममा सुगौली सन्धि सम्बन्धि चर्चा

323

काठमाडौं/नेपालको संस्थाले सुगौली सन्धिमा गुमेका भुभाग नेपालले दाबी गरेको भन्दै भारतीय सञ्चार माध्यममा चर्चा भएको छ । भारतीय सञ्चार माध्यमले भारतको सिक्किम, दार्जीलिङ लगायतका भुभाग दाबी गरी हस्ताक्षर अभियान नै शुरु गरेको उल्लेख गरिएको छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले गएको शुक्रबार पृथ्वी जयन्तीको अवसरमा ग्रेटर नेपाल स्थापनार्थ नेपालमा हस्ताक्षर संकलन नै शुरु गरिएको नेपालको सरकारी मुखपत्र राइजिङ नेपाललाई उदधृत गर्दै भारतको सरकारी समाचार समिति पीटीआइले समाचार दिएको हो। पीटीआइको समाचार थुप्रै भारतीय सञ्चार माध्यममा प्रकाशित गरिएका छन् ।

१८१६ को सुगौली सन्धीअनुसार तत्कालीन अंग्रेज सरकार नेपालबीच भएको सहमतिअनुसार सो भूभाग भारततर्फ परेकोले उक्त भूभाग फिर्ता पाउनुपर्ने सो गैरसरकारी संस्थाले दाबी गरेको समाचारमा जनाइएको छ । उक्त हस्ताक्षर संयुक्त राष्ट्र संघका महासचिव, संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्का सदस्य राष्ट्रहरु र सार्कका महासचिवलाई बुझाउने जनाइएको समेत पीटीआइएको समाचारमा प्रस्तुत गरिएको छ ।

तलको लिङ्कमा समाचार हेर्न सक्नु हुनेछ:

https://www.indiatoday.in/world/story/return-uttarakhand-and-sikkim-to-nepal-demands-ngo-starts-signature-campaign-1429979-2019-01-13

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here