युरो कप २०२० मा स्पेन छनौट 

248

एजेन्सी / घरेलु टोली स्विडेनसँग १–१ गोलको बराबरी खेलेसँगै स्पेन युरो कप २०२० को लागि छनोट भएको छ ।

मंगलबार राति समूह ‘एफ’ को खेलमा स्पेनले घरेलु टोली स्विडेनसँग अन्तिम समयमा गोल गर्दै १–१ गोलको बराबरी खेलेको हो । स्पेनलाई युरोकपमा छनोट गराउन रोड्रिगोले गोल गरे । स्विडेनका लागि भने मार्कुस बेर्गले गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको स्विडेनले खेलको ५० औं मिनेटमा मार्कुसको गोलबाट अग्रता लिएको थियो । जितनजिक पुगेको स्विडेन अन्तिम समयमा गोल खान पुग्यो । खेलको अतिरिक्त समयमा रोड्रिगोल गोल गर्दै १–१ गोलको बराबरी दिलाए । आठ खेलबाट ६ खेलमा जित र दुई खेलमा बराबरी खेलेको स्पेन दुई खेलअघि नै युरो कपमा छानिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here