अछाम जिल्ला साफेबगर वडा नम्बर ९ बुढाकोटका लक्ष्मण कुवरको शरीरमा आग लागेको छ । घटना डिसेम्बर १३ तरिक मा भएको हो ।
भारतको पुना स्थित धोबीघाटमा झ्यापु देबि कुवरको दाहसंस्कार गर्ने क्रममा लाश नजलेपछि मट्टीतेल हालेर जलाउन खोज्दा उहाँको शरीरमा आगलागेको हो ।
आगोले कुवरको ९० प्रतिसत शरीर जलेको स्थानीय पुरन कुवरले जनाएका छन । उहाँका अनुसार उपचारको लागि करिब १० लाख खर्च लाग्ने भएको छ । आफू आर्थिक अवस्थामा कम्जोर भएकाले सबै नेपाली दाजु भाइलाइ दिदी बहिनीलाई सहयोगको लागी कुवरले सबैलाइ आग्रह गर्नु भएको छ ।
















