हजारौँ मानिसहरुको अगाडी मेयरको हत्या

176

वार्सवा / पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ ।

परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडी धारिलो हतियार प्रहार गरी उहाँको हत्या भएको स्थानीय सञ्चार माध्यमहरले जनाएका छन् ।

‘उहाँलाई बचाउने हाम्रो सबै प्रयास असफल भयो,’ गड्ङ्क विश्वविद्यालय अस्पतालका निर्देशक डा टोमाज स्टेफनिकले भन्नुभयो ।

मेयर पावेल अडमोविजको हत्यापछि देशभरी हिंसाका विरुद्धमा प्रदर्शन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here