युरोपमा कम्युनिष्टहरुबाट ओली सरकारको विरोध

135

 काठमाडौं / वेल्जियममा नेपाली जनप्रगतिशील मोर्चाको अगुवाइमा यूरोपका कम्युनिष्टहरुले ओली सरकारको विरोध प्रदर्शन गरेका छन् ।

बामपन्थी सरकारद्धारा नेपालमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि गरिएको गिरफ्तारी र धरपकडको विरोधमा यूरोपका कम्युनिष्टहरुले विरोध प्रदर्शन गरिएको छ ।

वेल्जियममा नेपाली जनप्रगतिशील मोर्चाको अगुवाइमा भएको विरोध कार्यक्रममा वेल्जियमको एन्टवेर्पन शहरमा वर्कस पार्टी वेल्जियम र अन्य मजदुर संगठनहरु सहभागी भएका थिए । ‘समाजवादी व्यवस्थाको स्थापना गरौं’ भन्ने नारासहित हजारौं मजदुरहरुले विरोध ¥यालीमा भाग लिएका थिए ।

¥यालीलाई सम्बोधन गर्दै वर्कस पार्टी वेल्जियमका अध्यक्ष पीटर मार्टिनले पुँजीवादी सत्ताका विकृतिहरुको चर्चा गर्दै राज्यसत्ता जनताको हातमा लिने समाजवादी आन्दोलनमा अगाडि बढ्न सवैलाई आह्‍वान गरे। अमेरिकन साम्राज्यवादको नेतृत्वमा विश्वमा युद्धको खेति भइरहेकाले त्यसको डटेर विरोध गर्नुपर्ने पीटरको विचार रहेको छ ।

नेपालमा कम्युनिस्टकै नेतृत्वमा सरकार भएर पनि कम्युनिष्ट नेता कार्यकर्तामाथि दमन गरिनु आपत्तिजनक भएको भन्दै वक्ताहरुले विरोध गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here