नेपाल इन्भेष्टमेण्ट बैंककोे ३२औं वार्षिक साधारणसभा सम्पन्न

150

 काठमाडौं / नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडकोे ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्यान्डर्ड (एनएफआरएस) बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

संचालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा सम्पन्न साधारणसभाले २०७४–७५ सम्मको संचित मुनाफाबाट २०७५ आषाढ मसान्तसम्ममा कायम शेयर पूँजीको १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभाश दिने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकको चुक्ता पूँजी रु १२ अर्ब ५८ करोड ९पारित १८ प्रतिशत बोनस सहित० पुगेको छ । त्यसै गरी बैंकको जगेडा तथा कोषको रकम पनि बढेर रु९ अर्ब ७७ करोड पुगेको छ भने शेयरधनी कोष रकम रु। २४ अर्ब ८७ करोड पुगेको छ । यस बैंकको शेयरधनी कोष निजी क्षेत्रका बैंकहरुमध्ये उच्च रहेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले आव २०७४–७५ मा रू४ अर्ब ९५ करोडको सञ्चालन मुनाफा कमाएको छ । त्यसै गरी खुदनाफा ३ अर्व ६५ करोड पुगेको छ । बैंकको निक्षेप ११.४५ प्रतिशतले बढेर रू १ खर्ब ४० अर्ब पुगेको छ भने कर्जा लगानी १४.४४ प्रतिशतले बढेर रू १ सय २० अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एनपिए) अनुपात १.३६ प्रतिशत रहेको छ ।

बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तिय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने लक्ष्यलाई निरन्तरता दिँदै समयानुकुल प्रविधिको प्रयोगमा थप जोड दिई ग्राहक सेवामा सहजता ल्याउने तथा राष्ट्रको समग्र विकासमा अग्रसर हुने भावी योजना बनाएको छ ।

यसवर्षदेखि बैंकले आफ्ना कार्ड संजालमा मास्टरकार्डको सेवा संचालनमा ल्याएको छ । मास्टरकार्डबाट एटिएम र पस (पिओएस) मेसिन दुबैको सुविधा प्राप्त गर्न सकिन्छ ।

बैंक अफ दि इयर पाँच पटक प्राप्त गरिसकेको इनभेष्टमेन्ट बैंकले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण युरोमनि नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट ‘युरोमनि अवार्ड फर एक्सिलेन्स वेष्ट बैंक २०१८’ अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा ‘ए’बाट ‘ए प्लस’ ल्याई स्त्तरोनन्ति गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here