डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन पहल सुरु

112

काठमाडौं / १६‌ औं पटक इलाममा अनसनरत प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि केसीलाई काठमाडौं ल्याउन नागरिक समाजबाट पहल सुरु भएको छ ।

डा। केसीको स्वास्थ्य अवस्था खस्किदै गएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना र त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा आज ११ बजे इलाम जाने भएका छन्। अनसनको नवौं दिनसम्म पनि सरकारबाट कुनै पहल नभएपछि काठमाडौं ल्याउने पहल गर्न उनीहरु इलाम जान लागेका हुन।

सरकार र डा. केसीसितको यसअघिको वार्ता पनि पूर्व उपकुलपति माथेमाकै पहलमा मिलेको थियो । डा. केसीले माने भने बिहीबार नै हेलिकप्टरबाट काठमाडौं ल्याउने स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here