एजेन्सी/रियल मड्रिड स्पेनिस कोपा डेल रेय फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा लेगानेससँग दोस्रो लेगमा १-० गोलअन्तरले पराजित भएपनि समग्रमा ३-१ गोलअन्तरको जित निकाल्दै रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको थियो । पहिलो लेगमा रियलले लेगानेसलाई ३-० गोलअन्तरले पराजित गरेको थियो ।
दोस्रो लेगमा भने लेगानेसले आफ्नै घरेलु मैदानमा रियललाई हराएको थियो । खेलको ३०औं मिनेटमा लेगानेसका मार्टिन ब्राइथवाइटले गरेको मद्धतले जित्न सफल रह्यो । पहिलो हाफमा एक गोलले पछि परेता पनि रियलले गोल गर्ने अवसरलाई गोलमा परिणत गर्न सकेन ।

















