गाडी फिर्ता गरेर रिक्सामा घर फर्किए कांग्रेसका नेता शर्मा

218

बुटवल / नेपाली कांग्रेसका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी फिर्ता गरेका छन्।

५ नम्बर प्रदेशसभा र सरकारले खरिद गरेको गाडीमा अनियमितता भएको सूचना आएपछि संसदीय दलका नेता पोखरेलले आफुले चढेको गाडी फिर्ता गरेपछि शर्मा रिक्सामा घर फर्किएका हुन् ।

गाडी बुझाएर ना१ह ६८१६ नम्बरको अटो रिक्सामा चढेर पोखरेल र उनका स्वकीय सचिव सञ्जिव बस्याल आफ्नो घर तिलोत्तमा गएका थिए ।

विवादित र आर्थिक अनियमितता गरेर खरिद गरेका गाडीहरू नचढ्ने भन्दै शर्माले आफुले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेको जनाएका हुन् ।

शुक्रवार पोखरेलले आफू चढ्दै आएको गाडी प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनलाई बुझाएका छन् । पोखरेलले आफू चढ्दै आएको लु१झ ४४७ नम्बर गाडी पुनलाई हस्तान्तरण गरेका हुन् ।


गाडी हस्तान्तरण गर्दै पोखरेलले भने, प्रदेशसभाले खरिद गरेका गाडीमा अनियमितता भएको बाहिर आएको छ । ‘सार्वजनिक लेखा समितिले त्यसको अनुसन्धान गर्दैछ । सत्यतथ्य बाहिर नआउँदासम्म नैतिकताका आधारले यो गाडी चढ्न मिलेन त्यसैले प्रदेशसभा सचिवालयमा बुझाए,’ उनले भने ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here