काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई स्वास्थ्यमा गम्भीर समस्या देखेपछि अस्पताल भर्ना गरिएको छ ।
दाहाललाई आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो ।प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलका अनुसार, उनी छिल्लो समय ज्वरो र रुघाखोकीले ग्रस्त बनेकी छन् । ज्वरो र रुघाखोकीका कारण थप समस्या उत्पन्न हुने देखिएपछि चिकित्सकको निगरानीमा राख्नका लागि उनलाई अस्पताल भर्ना गरिएको हो ।
प्रचण्डपत्नी सीता लामो समयदेखि सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छन् । उनको यसअघि सिंगापुरमा उपचार भएको थियो । राजधानी


















