काठमाडौं/टच ईन्टरटेनमेन्ट एण्ड स्पर्श फिल्मको आयोजनामा किड्स क्यापिटल २०१९ हुने भएको छ । पहिलो र दोस्रो सिजन सफलता पुर्वक सम्पन्न भए पश्चात यस बर्ष पुनः किड्स क्यापिटल सिजन तीन आयोजना गर्न लागेको आयोजकले जनाएको छन् । किड्स क्यापिटलमा ६ देखि १४ बर्ष सम्मका बालबालिकाहरुले सहभागिता जनाउन पाउनेछ । बालबालिकाहरुमा भएका विभिन्न प्रतिभा तथा क्षमताका आधारमा उनीहरु अघिल्लो राउण्डका लागि छानिने भएको छ ।
जसका लागि कम्पिलिट हेल्थ क्लव मध्य बानेश्वरमा माघ पाँच गते अडिसन हुनेछ। प्रतियोगितामा सहभागिता जनाउनकालागि प्रति व्यत्तिः पाँच सय रुपैया शुल्क तोकिएको छ ।


















