सरकार गैरजिम्मेवार भएको भन्दै डा. केसीका माग पूरा गर्न प्रधानमन्त्रीलाई चिकित्सक संघकाे चेतावनी

71

काठमाडौं / १६ औं अनसनमा अनसनरत डा. गोविन्द केसीको मागबारे प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै चासो नदेखाएको भन्दै नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ ।

डा. केसीसँग सरकारको तर्फबाट गरिएको सम्झौताका सम्बन्धमा आफू अनुकुल व्याख्या गर्दै भ्रम सिर्जना गर्न खोजिएको संघका महासचिव डा. लोचन कार्कीले एक विज्ञप्ति जारी गरेर जनाएको छ ।

प्रधानमन्त्रीको अग्रसरतामै गरिएको सम्झौताका सम्बन्धमा प्रधानमन्त्रीबाटै अलग परिस्थितिमा सम्झौता भएकोले संसदलाई आदेश गर्न नसक्ने भन्ने अत्यन्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले नेपाल राष्ट्रको इज्जत र प्रतिष्ठामाथी नै आँच पुग्न गएको नेपाल चिकित्सक संघको ठहर गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली जनतालाई सर्व सुलभ स्वास्थ्य सेवाको पहुँच पुर्याउनका लागि चिकित्सा शिक्षाका अभियन्तासँग सरकारले बारम्बार सम्झौता गर्ने, अनि सम्झौताको मसी सुक्न नपाउँदै सरकारकै तर्फबाट उल्लंघन गर्ने परिपाटीले सरकारको गरिमा र छवीमाथि गम्भिर शंका उत्पन्न गरेको विज्ञप्तिमा जनाएको छ ।

सरकार नै गैरजिम्मेवार रुपमा प्रस्तुत भएर सम्झौता विपरितका क्रियाकलापलाई नै बढवा दिँदै जाने हो भने समाजका बुद्धिजीवि, नागरिक समाज, विद्यार्थीहरू, स्वास्थ्यकर्मी, चिकित्सकहरु तथा सम्पूर्ण सर्व साधारण जनताको विश्वास र भरोसाको बाँध भत्किने संघको बुझाइ रहेको जनाउदै सरकारले अबिलम्ब डा. गोविन्द केसीसँग गरेको सम्झौताको अक्षरस कार्यान्वयन गर्न माग गरेको छ ।

डा. केसीका माग पूरा नगरे चिकित्सक संघ कुनै पनि बेला अप्रिय कदम उठाउन बाध्य हुने चेतावनी दिएको छ ।ओली सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेपछि केसी आमरण अनशन बसेका छन् । केसीको स्वास्थ्य अवस्था खराब हुँदै गइरहेको बेला चिकित्सक संघले कुनै पनि बेला अप्रिय कदम उठाउने चेतावनी दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here