आगलागीमा एउटै परिवारका चारको मृत्यु

109

भद्रपुर, झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडामा आइतबार राती आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । घरमा सुतिरहेका उनीहरुको आगलागीमा परि मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा खनाल र चार महीनाको शिशु टीकाराम खनाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खाना पकाउने एलपी ग्यासको सिलिन्डर विष्फोट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

आगलागीमा परी छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल सख्त घाइते भएकी छिन् । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here