दोलखा कांग्रेस सभापति अस्पताल भर्ना

190

काठमाडौं । जुवा खेलिरहेका बेला पक्राउ परेका नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा अस्पताल भर्ना भएका छन् । बौद्धस्थित महानगरीय प्रहरी वृत्तको हिरासतमा रहेका लामाको सुगरको मात्रा निकै माथि पुगेपछि लामालाई जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको हो ।

राजधानीको नयाँ बस्तीस्थित एक घरमा जुवाखाल जमाइरहेको अवस्थामा लामासहित १८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको थियो । उनलाई भेट्न नेकपा एमालेका नेता पार्वत गुरुङ अस्पताल पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here