काठमाडौं / काठमाडौं महानगरपालिकाले यसरी सडकमा फोहोर फाल्ने माथि कारवाही थालेको छ । सडकमा फोहोर फाल्ने बानी छ भने तुरन्त सुधार्नुहोस् अन्यथा कारवाहीमा पर्नुहोला ।
महानगरपालिकाले घर, पसलबाट फोहोर र फूटपाथमा हिड्ने बटुवाहरुबाट सडक तथा सार्वजनिक स्थानमा आफूले प्रयोग गरेका वस्तुको खोलहरु फाल्नेमाथि अनुगमन नियमन र नियन्त्रणमा आउने टोलीमार्फत कारवाही गर्ने चेतावनी दिएको छ ।
अनुगमन टोलीले फोहोर फाल्दै गरेको अवस्थामा भेटेमा फोहोरमैला व्यवस्थापन ऐन बमोजिमको कसुुर गर्नेलाई ५ हजार देखि ५० हजाररुपैयाँसम्म जरिवाना गर्ने जनाएको छ ।
शहरलाई स्वच्छ राख्न सुरुमा जनचेतनाका लागि प्रचारप्रसार गर्ने र अझै अटेर गरे कारवाही गर्ने योजना रहेको काठमाडौं महानगरपालिका एक अधिकारीले जनाए ।


















