कांग्रेस कार्यालय घेराउ गर्दै देउवा विरुद्ध नारावाजी

335

 काठमाडौं / नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले पार्टी केन्द्रीय कार्यालय सानेपामा देउवा बिरुद्ध नाराबाजी गरेको छ । केन्द्रीय समिती विघटन गर्न माग गरेको हो ।

नेविसंघको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ। नेविसंघको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो। यहि सरोफेरोमा नेविसंघ र कांग्रेसको राजनीति चर्किदो छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

बैठकमा अनसनरत् डा। गोविन्द केसीका माग र आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका दुई अस्पताललाई वर्तमान सरकारले विघटनको प्रक्रियामा लगेको विषयमा पनि समीक्षा हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here