काठमाडौं / डेढ दर्जन खराब संस्थाहरुलाई गाभेर प्रभू बैंकलाई आकर्षक वाणिज्य बैंक बनाउँदै लगेका अशोक शेरचनलाई संचालक समितिले दोश्रो कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।
उनको कार्यकाल आगामी माग १८ गते सकिँदै थियो। उनी चार बर्षका लागि नियुक्त भएका हुन्।
उनी प्रभु विकास बैंक र किष्ट बैंक मर्जरका बेला नायव प्रमुख कार्यकारी थिए। शेरचनसँग एनसिसि बैंक, एनबी बैंक, प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकसम्म २१ बर्षको बैंकिङ गरेको अनुभव छ।
प्रभु बैंकले ग्राण्ड बैंक एक्विजिसन गरेको एक दिनपछि नै सिइओको जिम्मेवारी शेरचनलाई दिइएको हो। उनी बैंकर्स संघको कार्य समिति सदस्य समेत हुन्।


















