आक्रामक बन्दै नेविसंघ, प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन

497

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।

चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा र सरकारको अधिनायकवादविरुद्ध प्रधानमन्त्री ओलीका पुत्ला जलाइएको नेविसंघका अध्यक्ष नैनसिंह महराले जानकारी दिए ।

आइतबार बिहान काठमाडौंको चाबहिलस्थित पशुपति क्याम्पस अगाडि नेविसंघले नाराबाजी गर्दै प्रधानमन्त्री ओलीका पुत्ला जलाएका हुन् ।

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र वाइडबडी खरिद प्रकरणमा भएको अनियमितताको नेविसंघले छानबिन गर्न समेत माग गरेको छ ।

यसैगरी शनिबार प्रधानमन्त्री विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक सभामा भाग लिएर स्वदेश फर्कदै गर्दा नेविसंघका विद्यार्थीहरुले त्रिभुवन विमानस्थलको आन्तरिक उडानको पार्किङमा नाराबाजी गर्दै कालो झण्डा देखाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here