बाघको हड्डी जस्तो देखिने ५६ थान वस्तु सहित पक्राउ

103

काठमाडौं / दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल बागधारा बस्ने ४२ वर्षीया सविता लामालाई बाघको हड्डी जस्तो देखिने बस्तु ५६ थान सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी थप अनुसन्धानका लागि सिन्धुपाल्चोक चोगदे(७ बस्ने २६ वर्षीय अजय गुरुङलाई समेत बल्खुबाट प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी प्रभाग चाल्नाखेलबाट संयुक्त रुपमा खटिएको प्रहरीले सविताको घर तलासी गर्दा उक्त बाघको हड्डी जस्तो देखिने बस्तु फेला पारेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here