वाक कला तथा उद्घोषण तालिम सम्पन्न

377

 काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद नेपाल काठमाडौं  महानगर ईकाइ समितिको आयोजनामा सञ्चालन भएको वाक कला तथा उद्घोषण तालिम काठमाडौमा एक कार्यक्रमबीच अन्नपूर्ण मिडिया नेटवर्कका Head of Department तथा वरिष्ठ पत्रकार श्री मनोज बस्नेतको प्रमुख आतिथ्यतामा समापन भएको छ ।

पौष २८,२९ र ३० गते सञ्चालन भएको उक्त तालिम माघ १२ गते परिषदको केन्द्रीय कार्यालय सानोगौचरनमा सम्पन्न भएको हो । परिषदका काठमाडौ महानगर इकाईका कार्यकर्तालाई वाक कला तथा उद्योषण कलामा सक्षम बनाउने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको प्राज्ञिक विद्यार्थी परिषद काठमाडौं महानगर सह-सचिव तथा कार्यक्रम संयोजक युवराज गिरीले जनाउनुभयो ।

समापन कार्यक्रममा परिषदका महासचिव सुरेन्द्र प्रसाद भट्ट , राष्ट्रिय सचिव क्षितराज न्यौपाने , ३ नं प्रदेश सचिव कृष्ण प्रसाद हुमागाई तथा प्रशिक्षक सुरेन्द्र प्रसाद जोशीको उपस्थित रहेको थियो ।

तालिममा परिषदका ३ नं प्रदेश अध्यक्ष फुल प्रसाद सुवेदी , राष्ट्रिय साहित्य प्रमुख सुरेन्द्र प्रसाद जोशी , ३ नं प्रदेश सचिव कृष्ण प्रसाद हुमागाइ , केन्द्रीय सदस्य रमेश पन्त र केन्द्रीय सदस्य तथा मिडियाकर्मी रुपेश बोहारा ज्युले सहभागीलाई प्रशिक्षण दिनु भएको थियो ।

तालिममा महानगरका विभिन्न दायित्वमा रहनुभएका १५ छात्र छात्रा सहभागी भएका थिए । यस कार्यक्रमबाट सहभागिता लिएका सबै सहभागीले परिषद्ले आयोजना गरेको वाक कला तथा उद्घोषण तालिमबाट आफ्नो बोल्ने कला र उद्घोषण कलामा वृद्धि भएको र र तालिमबाट आफ्नो आत्मविश्वास बढेको जनाए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here