नर्भिकको आइसियूमा पारस !

446

काठमाडौं / थापाथलीस्थित नर्भिक अस्पतालमा पूर्व युवराज पारस शाह हृदयघात भएर भर्ना भएका छन्। अहिले उनको आइसीयूमा मुटुरोग विशेषज्ञ यादवदेव भट्टको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

आज दिउँसो ललितपुरको पाटन दरबार क्षेत्रमा पूजा गरेर फर्किए लगत्तै उनलाई हृदयघात भएको हो भने अहिले पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी  कोमल सिमरामा छन्।

पारसलाई पहिलेदेखि नै छाती दुख्ने समस्या छ। उनलाई हृदयघात भएको यो तेस्रो पटक हो। उनको स्वास्थ्य परिक्षणको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here