काठमाडौं / अनसनरत डा गोविन्द केसीको जीवनरक्षाको माग गर्न सरकारलाई आग्रह गर्दै नेपाल चिकित्सक संघ लगायतका अन्य संस्थाहरुले प्रदर्शन गरेका छन्।
डा. केसी २३ औं दिनदेखि शिक्षण अस्पतालमा महाराजगञ्जमा अनशनरत छन् । माइतीघर मण्डलमा र्याली आयोजना गर्दै उनीहरुले डा. केसीको माग पुरा गर्न आग्रह गरेका हुन्।
डा.केसीको स्वास्थ्य अवस्था जोखिममा रहेको उपचारमा संगल्ग्न चिकित्सकहरुले जनाउदै आएका छन् ।


















