लहानमा झण्डा महोत्सव !

348

लहान / राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै सिरहाको सखुवा नन्कारकट्टी गाउँपलिकामा आयोजना हुने झण्डा मेला महोत्सवको तयारी पूरा भएको छ ।

‘कला संस्कृति हामो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हामो पहिचान’ भन्ने मूल नाराका साथ यही माघ २० गतेदेखि २९ गतेसम्म चल्ने महोत्सवमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता राखिने आयोजकले जनाएको छ ।

सखुवानन्कारकट्टी गाउँपलिकाको आयोजना हुने महोत्सवमा कृषि क्षेत्रमा प्रयोग हुने घारायसी आधुनिक औजार र स्थानीयस्तरमा उत्पदन हुने विभिन्न कृषि सामग्री प्रदर्शन हुने गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए ।

पहिलोपटक आयोजना हुन लागेको महोत्सवमा सांस्कृतिक कार्यक्रम, स्वास्थ्य शिविर, बाल मनोरञ्जनलगायत शिक्षामूलक कार्यक्रमसमेत आयोजना गरिने जनाएको छ ।

महोत्सवमा ५० वटा विभिन्न कक्ष रहने छ । महोत्सवमा सूर्य चन्द्र अङ्कित नेपालको राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन झण्डा महोत्सव नामकरण गरिएको गाउँपालिका अध्यक्ष यादवको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here