काठमाडौं / बिहीबार साँझ विराटनगर विमानस्थलबाट पक्राउ गरिएका प्रकाण्डका छोरा नरेन्द्र विकलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ ।
अनुसन्धानका लागि म्याद थपका लागि शुक्रबार मोरङ जिल्ला अदालतमा पेश गरिसकेको मोरङका एसपी मनोज केसीले जानकारी दिए । ‘म्याद थपका लागि आज हामीले कार्यालयबाट जिल्ला अदालत पेश गर्न उहाँलाई पठाइसकेका छौं’ एसपी केसीले भने । विकमाथि खरखजनासम्बन्धी अभियोग लगाइएको छ ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष विकलाई संगठनको पूर्वघोषित कार्यक्रम अनुसार सुनसरीको सांगठनिक काम सकेर फर्कने क्रममा गिरफ्तार गरिएको थियो ।
सत्तासीन नेकपाले यसरी विप्लव नेतृत्वको नेकपा कार्यकता बारम्बार पक्राउ गर्नाले र विप्लव नेतृत्वको नेकपा यस विषयप्रती आक्रमक हुनुले युद्धकाे वातावरणले नेपालमा बनाईदै गएको महशुस हुन थालेको छ ।
अखिल (क्रान्तिकारी)को संघर्षका कार्यक्रम घोषणा गरिने
यसैबीच अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक गिरफ्तारी घटना र अभियोगबारे आधिकारिक धारणा सार्वजानिक गर्न संगठनले केहीबेरपछि राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।
कोषाध्यक्ष विकलाई फसाउन गिरफ्तारपछि झुठा मुद्दा लगाउने तयारी सरकारले गरेको भन्दै यसबारे सम्मेलनमार्फत धारणा बाहिर ल्याउन लागिएको अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकालले जनाएका छन् ।
अध्यक्ष ढकालले आफ्नो फेसबुक पेजमार्फत एक स्टाटस सार्वजनिक गर्दै भनेका छन् ‘दलाल केपी–रामबहादुर सरकारले हाम्रो संगठनका केन्द्रीय कोषाध्यक्ष कमरेड (नरेन्द्र) बिकलाई गिरफ्तारी गरेको घटनाबारे पत्रकार सम्मेलन गर्ने जानकारी दिएका थिए ।
क्रान्तिकारी विद्यार्थी नेता विकलाई सरकारले झुठा अभियोगकोको साहारा लिएको अध्यक्ष ढकालको भनाई छ । बिनासर्त तुरुन्त रिहा गर्न समेत सरकारसँग उनले माग गरे ।
यसअघि प्रकाण्डलाई साउन २२ गते काठमाडौंको टौदहस्थित चाल्नाखेलबाट गिरफ्तार गरी विभिन्न अभियोगमा ६ वटा जिल्ला घुमाइएको थियो । सर्वोच्च अदालतको आदेशमा सफाइ पाएपछि ५० दिनको प्रहरी हिरासत बसाईपछि रिहा भएका थिए ।


















