भारतपरस्त नीतिका कारण ग्रेटर नेपालको मुद्दा सरकारले उठाउन सकेको छैन : फणिन्द्र नेपाल

227

काठमाडौं / ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले हालसालै भेनुजुयालामा अमेरिकी हस्तक्षेपको विषयमा नेकपा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले विरोध जनाएकोमा बोल्दै अध्यक्ष नेपालले आफ्नो देशमा भारतीय सेना बस्दा चुप भएर बस्ने भारतपरस्त नीतिका कारण ग्रेटर नेपालको मुद्दा सरकारले उठाउन नसकेको स्पष्ट पारे।

नेपालका कांग्रेस र कम्युनिष्ट पार्टी दुवै भारतमा जन्मेका हुन् भन्दै उनले राष्ट्रियताको मुद्दा नउठाउन नेपालका ९९५ पार्टीहरु वचनबद्ध भएर बसेको उनले आरोप लगाएका छन।

अध्यक्ष नेपालले अबको २ वर्षभित्र ग्रेटर नेपालको मुद्धा सफल हुनेमा ढुक्क रहन सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन।

सुगौली सन्धीमा गुमेको नेपाली जमिन फिर्ताको माग गर्दै हस्ताक्षर अभियान समेत थालेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले अभियानलाई लिएर भारतीय मिडियाले महत्वकासाथ समाचार सम्प्रेषण गरिरहेको जनाउनुभएको छ । भारत सरकार सचेत हुनुको साथै ग्रेटर नेपालको मुद्धा व्यापक बनाउन सहयोग पुगेको हुनाले अध्यक्ष नेपालले भारतीय मिडियाप्रति आभारी रहेको समेत जनाएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here