काठमाडौं / नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्धको आन्दोलनलाई आज पनि जारी राखेको छ।
सरकारले चिकित्सा शिक्षा विधेक जबर्जस्ति पारित गरेको र निर्मला पन्तका हत्यारालाई छ महिना हुँदा पनि सार्वजनिक नगरेको भन्दै मीनभवन क्याम्पसका इकाई सभापति सरोज तिमल्सिनाको नेतृत्वमा भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेर ६ जना विद्यार्थी नेतालाई गिरफ्तार गरेको नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिए।
गिरफ्तार पर्नेमा नेपाल विद्यार्थी संघ मीनभवन क्याम्पसका इकाई सभापति सरोज तिमल्सिना, स्ववियु परिषदका सभापति निराजन नेपाल, तपेन्द्र बुढा,सुनिल सोडाई, सुबाश अधिकारी, हृदय राज मिश्र रहेका छन। गिरफ्तार भएका सबै नेताहरूलाई अहिले गौसाला प्रहरी चौकिमा राखिएको छ।
नेपाल विद्यार्थी संघले सरकारले निर्मला पन्तको हत्यारालाई तत्काल सार्वजनिक नगरे, चिकित्सा शिक्षा विधेक खारेज नगरे आन्दोलन जारी राख्ने संघका नेता अनुराग शाहले जनाए।


















