आइतबारदेखि मौसममा सुधार हुने

316

काठमाडाैं /  पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव गएरातिदेखि पूर्वतर्फ बढ्दै गएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । शनिबारसम्म पश्चिमबाट मौसममा केही सुधार देखिने जानकारी दिँदै उहाँले पूर्वतिर भने शनिबार पनि अहिलेकै अवस्थाको बदली रहने बताउनुभयो । आइतबार भने तुलनात्मकरुपमा मौसममा केही सुधार आउनेछ ।

मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ । आकाश खुल्ने र तुरुन्त घाम लाग्ने खालको नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस हुनेछ । विभागले मौसमको तीन दिनको पूर्वानुमान गर्दै सूचना सार्वजनिक गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here