वार्षिक साधारणसभा गर्ने तयारीमा प्रभु बैंक

98

 काठमाडौं / प्रभु बैंकले फागुन १९ गते वार्षिक साधारणसभा गर्ने भएको छ ।

बैंकले साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरेको ८ प्रतिशत बोनस शेयर पारित गर्ने छ । यसबाहेक बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ३ करोड ४६ लाख ६९ हजार २ सय ५७ रुपैयाँ नगद लाभांश समेत पारित गर्ने छ ।

बैंकले यसअघि पाँच प्रतिशत बोनस शेयर र ५ दशमलव २६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । तर नेपाल राष्ट्र बैंकले बोनस शेयर बढाउन सक्ने जनाएपछि संचालक समितिले ८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।

बैंकले संस्थागत र साधारण शेयरधनीको शेयर संरचना समेत परिवर्तन गर्ने भएको छ । सभाले साधारण शेयर तर्फ ४५ प्रतिशत र संस्थापक तर्फ ५५ प्रतिशत हुने गरी शेयर संरचना परिवर्तन गर्ने भएको हो।

अहिले प्रभु बैंकका संस्थापकको ६१ दशमलव ३९ र सर्वसाधारणको ३८ दशमलव ६१ प्रतिशत शेयर अनुपात रहेको छ। साधारणसभाका लागि बैंकले फागुन ६ गतेदेखि १९ गते सम्म शेयर दाखिला खारेज कार्य बन्द गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here