बिहीवारदेखि परेको झरीले १२ करोड ४० लाख रुपैयाँको ईटा नष्ट

412

भक्तपुर /   भक्तपुरका ईटा व्यवसायीहरुको लाखौं ईटा नोक्सान भएको छ ।

 बिहीवारदेखि परेको झरीले ईटा व्यवसायीहरुको काँचो ईटा क्षति हुदाँ करिव १२ करोड चालीस लाख रुपैयाँ बराबरको ईटा नोक्सान भएको व्यवसायीहरुले जनाएका छन । भक्तपुरमा संचालित ६२ वटा ईटा भट्टामा तयार भएको करिव ३ करोड ७२ लाखकाँचो ईटा क्षति भएको भक्तपुर ईटा व्यवसायी संघको भनाई छ ।

ईटामा परेको क्षतिका कारण ईटा भट्टाहरु बन्द हुने अवस्थामा पुगेको भक्तपुर ईटा व्यवसायी संघका अध्यक्ष नातीभाई ह्योम्बाले जनाउनु भयो ।

ईटाको मूल्य बढाउने विषयमा भने ईटा व्यवसायी महासंघसंग छलफल भइरहेको भक्तपुरका व्यवसायीहरुले जनाएको न्यूज २४ले उल्लेख गरेको छ । भक्तपुरको ताथली, सुडाल, छालिङ र झैखेलमा अहिले ईटा भट्टाहरु सञ्चालनमा छन । अहिले भने बजारमा ईटाको गुणस्तर अनुसार प्रति ईटा १० देखि १४ रुपैयाँ सम्म विक्रि भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here