सामसुङ्गको एम् सिरिज एम् टेन (Samsung Galaxy M10) नेपाली बजारमा

76

काठमाडौं / निकै प्रतिक्षारत सामसुङ्गको एम् सिरिज नेपालमा लन्च भएको छ । मंगलबारदेखि काठमाडौंमा नेपालको पहिलो र ठूलो मोबाइल वितरक कम्पनीको रुपमा रहेको, मोबाइल सेवा प्रदायक कम्पनी सामसुङ्गले आफ्नो नयाँमोडल सामसुङ्ग ग्यालेक्सी एम् टेन (Samsung  Galaxy M10) नेपाली बजारमा लन्च गरेको छ । साथै सामसुङ्गले Samsung  Galaxy M10  मोडेलको यो फोन स्मार्ट डोकोबाट रु. १३ हजार ७ सय ९० माग्राहकले किन्न सक्ने जनाएको छ । साथै स्मार्टडोकोले रिङ्गरोड भित्र फ्रि डेलिभरीको व्यवस्था गरेको छ भने, दिउसो १ बजे अगाडी अर्डर गरेको सामान त्यहि दिनमा ग्राहक सामू उपल्बध गराउने जनाएको छ ।

नयाँ मोडलको सामसुङ्ग ग्यालेक्सी एम् टेन (Samsung  Galaxy M10) मा सस्तो मूल्यमै एड्भान्स फिचरहरु रहेको छ भने यसमा V display, 720 x 1520Pixels को रेजुलेसन्स सहित Weighting  163 ग्राम रहेको छ । साथै यसमा 3400 MAH  क्षमताको ब्याट्रीको रहेको छ भने 16GB ROM, 2 GB RAM  को सुविधा रहेको छ । अत्याधुनिक रुपमा यस मोडेलको फोनमा ८.१ को अल्ट्रा वाइड डियुल क्यामेरा उपल्बध छ भने साथमा एक्स्ट्रा आकर्षकको रुपमा यो सेटमा ५ MP रिएर क्यामेरा र MP फ्रन्ट क्यामेरा उपल्बध छ ।

ग्राहकवर्गले आफुलाई मनपर्ने मोवाइलफोन, विद्युतीय सामान, फेशन आइटम, वेवी केयर, पेट केयर, खानेकुरा र पेयपदार्थ लगायत १८ क्याटेगोरिका वस्तुहरु स्मार्ट डोकोबाट सजिलैखरिद गर्न सक्नेछन् ।

स्मार्टडोकोमा अनलाइन प्ल्याटफर्म देशभरीका विभिन्न प्रमुख शहरहरु काठमाडौं, पोखरा, विराटनगर, बिर्तामोड, धरान, नारायणगढ, इटहरी, विरगञ्ज र दाङ र नेपालगञ्जमा डेलिभरी सेवा उपल्बध हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here